आयरल्यान्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो टी-२० आज

काठमाडौं, ७ साउन । दक्षिण अफ्रिका र आयरल्यान्डबीचको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ ।
आयरल्यान्डको कप्तानी एन्डी बाल्बिर्नेले गरिरहेका छन् भने दक्षिण अफ्रिकाको कप्तान टेम्बा बाभुमा रहेका छन् ।
यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । उक्त जीतसँगै दक्षिण अफ्रिका श्रृंखलामा १-० ले अगाडि रहेको छ ।
त्यसअघि भएको एकदिवसीय श्रृंखला भने १-१ को बराबरीमा सकिएको थियो ।
टी-२० क्रिकेटको विश्व वरियतामा आयरल्यान्ड १२औं स्थानमा छ भने दक्षिण अफ्रिका छैटौं स्थानमा रहेको छ ।