scheduleसोमवार श्रावण ११ गते, २०७८

मानाजको ह्‍याट्रिकमा बार्सिलोनाको फराकिलो जीत

काठमाडौं, ७ साउन । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा फराकिलो जीत दर्ता गरेको छ । राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित तेस्रो डिभिजनको जिम्‍नास्टिकलाई ४–० को फराकिलो अन्तरले हराएको हो ।

बार्सिलोनाको जीतमा सब्सिच्युट खेलाडी रे मानाजले ह्‍याट्रिक गरे भने एलेक्स कोल्लाडोले एक गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा भएका थिए ।

पहिलो हाफमा बार्सालाई बराबरीमा रोकेपनि पहिलो हाफकै अन्त्यतिर खेलाडीले रातो कार्ड पाएपछि दोस्रो हाफमा एक खेलाडीको अभावमा जिम्‍नास्टिक सम्हालिन सकेन । ३८औं मिनेटमा एलेक्स क्विन्टानिला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो ।

खेलको ६०औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा एलेक्स कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि मानाजले ८६औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय