scheduleसोमवार श्रावण ११ गते, २०७८

वायुसेवा निगमको जहाजमार्फत चिनियाँ खोप काठमाडौं आउँदै

काठमाडौं, ७ साउन । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दै छ । बुधबार राति गएको जहाज आज आइपुग्‍ने निगमले जनाएको हो ।

सो जहाज उक्त खोपलाई यहाँ छाडेर फेरि खोप लिन बेइजिङका लागि आजै उड्ने छ । यसअघि असार २५ गते सरकारले पहिलो पटक ८ लाख ९ हजार ६०० डोज खोप ल्याएको थियो ।

निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ ।

सरकारले चीन सरकारसँग जिटुजी मार्फत खोप ल्याएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय