scheduleसोमवार श्रावण ११ गते, २०७८

पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदै

काठमाडाैं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस बिहिबार मनाईँदैछ ।

स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज विशेष कार्यक्रमको आयोजना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

उनको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो ।
 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय