scheduleसोमवार श्रावण ११ गते, २०७८

जसपा विवाद बारेको बहस आज टुङ्ग्याउने निर्वाचन आयोगको तयारी

काठमाडाैं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि सुरु गरेको इजलासको बहस आज सक्ने तयारी गरेको छ ।

गत आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ ।

दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने तयारी आयोगको छ । जसपाको विवाद निरुपणका लागि आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय