scheduleशुक्रवार आश्विन १ गते, २०७८

गण्डकी सरकारमा माओवादीबाट थप तीनजना मन्त्री बन्दै

पोखरा, ७ साउन । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लगाएको छ । बिहिबार बसेको पार्टीको बैठकले रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तिमगरलाई नयाँ मन्त्रीको रुपमा नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो । माओवादीबाट यसअघि मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभार सम्हाल्दै आएकी छन् ।

नयाँ मन्त्रीपरिषद्‍मा राजमी बराललाई अर्थ, बुढालाई कृषि र मगरलाई वन मन्त्रीको रुपमा सिफारिस गरिएको हो । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

गण्डकीमा ११ मन्त्रालयमध्ये ४ मन्त्रालय माओवादीले पाउने गरी भागबन्डा गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय