scheduleशुक्रवार आश्विन १ गते, २०७८

वेस्टइन्डिज र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल रद्द

काठमाडौं, ८ साउन । वेस्टइन्डिज र अस्ट्रेलियाबीच भइरहेको एकदिवसीय क्रिकेटको श्रृंखलाअन्तर्गत दोस्रो खेल रद्द भएको । वेस्टइन्डिजको टोलीका एक स्टाफमा कोरोना संक्रमण देखिएपछि खेल रद्द गरिएको हो ।

अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजिसकेको अवस्था भएपनि खेल सुरु हुनुभन्दा केही मिनेटअगाडि मात्र एकजनामा कोरोना देखिएपछि खेल रद्द गरिएको हो । त्यसपश्‍चात् खेलाडीहरुलगायत दुवै टोलीका सदस्यलाई सुरक्षित आइसोलेसनमा राखिएको छ ।

दुवै टोलीका सबै सदस्यहरुको आज फेरि पिसिआर टेस्ट गरिनेछ र नतिजा नआइन्जेल आइसोलेसनमै रहनेछन् । खेल पुनः कहिले सुचारु गर्ने भन्‍नेबारेमा पछि निर्णय लिइने जनाइएको छ ।

राइली मेरेडिथले अस्ट्रेलियाबाट आज डेब्यु गर्ने तयारीमा थिए । वेस एगरको स्थानमा आउन लागेका उनले अब केही दिन कुर्नुपर्ने भएको छ ।

श्रृंखलाको पहिलो खेलमा अस्ट्रेलिया १३३ रनले विजयी हुँदै १ ० को अग्रता बनाउन सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय