scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘द हन्ड्रेड’मा ओभल इन्भिन्सिबल्सको विजयी सुरुवात

काठमाडौं, ८ साउन । बिहिबारदेखि इंग्ल्यान्डमा सुरु भएको द हन्ड्रेड (अर्थात् १०० बलको खेल) क्रिकेटमा ओभल इन्बिन्सिबल्सले विजयी सुरुवात गरेको छ । राति भएको खेलमा इन्भिन्सिबल्सले म्यान्चेस्टर ओरिजिनल्सलाई ९ रनले हराएको हो ।

ओभलले दिएको १४६ रनको लक्ष्य पछ्याएको म्यान्चेस्टरले पूरा १०० बल खेल्दै ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । कार्लोस ब्राथवेटले ३७ तथा कोलिन मनरोले २६ रन बनाएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन ।

ओभलका साम करान र नेथन सोटरले २-२ विकेट लिएका भने सुनिल नारायण, रिश टोपली र टम करानले १-१ विकेट हात पारेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओभलले निर्धारित १०० बलमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । कप्तान साम बिलिङ्सले ४९ रन बनाएका थिए भने टम करान २९ रनमा अविजित रहे । म्यान्चेस्टरका फ्रेड क्लासेनले ३ विकेट लिँदा टम हार्टले र स्टिभेन फिनले २-२ विकेट तथा म्याथिउ पार्किन्सनले १ विकेट लिएका थिए ।

जीतसँगै ओभलले २ अंक जोड्न सफल भएको छ । ओभल त्यही टोली हो जसमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने पनि अनुबन्धित थिए । तर भिसाको समस्याका कारण उनी प्रतियोगिता खेल्नबाट वञ्‍चित भए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय