scheduleशुक्रवार आश्विन १ गते, २०७८

चितवनमा साउन १४ गतेसम्म निषेधाज्ञा थप, लामो दूरिका गाडी चल्ने

काठमाडौं, ८ साउन । चितवनमा थप एक साता निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहिबार एक सूचना जारी गर्दै साउन १४ गतेसम्म निषेधाज्ञा कायम रहने जनाएको हो ।

चितवनमा डेल्टा भेरियन्ट पुष्टि भइसकेकाले उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि थप एक साता निषेधाज्ञा लम्ब्याइएको हो । पछिल्लो आदेशअनुसार लामो दूरीका सवारीको हकमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

चितवनबाट छुट्ने मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अत्यावश्यक प्रयोजनका लागि प्रयोग गर्न पाइने छ । सम्बन्धित यातायत व्यवसायीको सिफारिस र ट्राफिकको समन्वयमा सीमित संख्यामा सवारी सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी विभिन्‍न परीक्षाहरुका लागि स्वास्थ्य मापदण्डको पालना गरी एउटा कोठामा २५ जनासम्म विद्यार्थी र एउटा बेन्चमा एकजना मात्र रहने गरी जेड आकारमा विद्यार्थी राखी परीक्षा सञ्‍चालन गर्न पाइने छ ।

अन्य आदेशहरु भने पहिलेकै यथावत् राखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय