scheduleशुक्रवार आश्विन १ गते, २०७८

क्यानले आयोजना गर्ने सम्पुर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्ने

काठमाडाैं, ८ साउन । नेपाल क्रिकेट संघ (CAN) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको छ ।

मिती २०७८ श्रावण ८ गते डिश मिडिया नेटवर्क का प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको हो ।

सोही सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ (CAN) ले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला र पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्‍याउने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय