scheduleशुक्रवार आश्विन १ गते, २०७८

एघार किलो चरेस सहित तीन जना सशस्त्र प्रहरीको फन्दामा

एसपी यादव/सर्लाही, ८ साउन । जिल्लाको भारतीय सिमानाकासँग जोडिएको मलङ्ग्वा नगरपालिकाको वडा नं २ मा पर्ने झण्डा बजारबाट एघार किलो अवैध लागु औषध चरेस सहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं ११ मा बस्ने वर्ष ५९ को वीर बहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका वडा नं ५ मा बस्ने वर्ष २५ को सुकुराम पाख्रीन र जिल्ला काभ्रे नमोबुद्ध नगरपालिकाको वडा नं ११ मा बस्ने वर्ष २६ को सुकलाल तामाङ रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) चुनचुन सिंहको कमाण्डमा खटिएको गस्ती टोलिले गस्ती गर्दै जादा शंका लागेर चेकजाँच गर्ने क्रममा शुक्रवार बिहान ९:३० बजेको समयमा मलङ्ग्वा नगरपालिकाको वडा नं २ मा पर्ने झण्डा बजारबाट अबैध लागु औषध चरेस सहित तिनै जनालाई पक्राउ गरिएको थियो ।

एक थान ब्याग र दुई थान ग्यालिनमा लुकाइराखेको एघार किलो अबैध लागु औषध चरेस सहित पक्राउ परेका तिनै जना व्यक्ति मलङ्ग्वा नपाको झण्डा भजार हुदै भेडियाही नाकाबाट भारततर्फ प्रवेश गर्न लागेका थिए ।

अवैध लागू औषध चरेस सहित पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रवारनै जिल्ला प्रहरी कार्यालय मलङ्ग्वा सर्लाहीमा बुझाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय