scheduleशुक्रवार आश्विन १ गते, २०७८

भारतविरुद्ध श्रृंखला गुमाइसकेको श्रीलंकाको सान्त्‍वना जीत

काठमाडौं, ९ साउन । भारतविरुद्धको एकदिवसीय श्रृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा श्रीलंका विजयी भएको छ । गएराति सम्पन्‍न खेलमा श्रीलंकाले भारतलाई ३ विकेटले हराएको हो ।

वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा भारतले दिएको २२६ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । अभिस्का फर्नान्डोले ७६ तथा भानुका राजापाक्षाले ६५ रनको योगदान दिए ।

त्यसैगरी चरिथ असलन्काले २४ रन बनाए । भारतका राहुल चहरले ३, चेतन साकारियाले २ तथा कृष्‍णप्पा गौतम र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४३.१ ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । ओपनर पृथ्वी शले सर्वाधिक ४९ रन बनाएका थिए भने सन्जु सामसनले ४६ रन बनाए ।

सुर्यकुमार यादवले ४० रन बनाए । श्रीलंकाका अकिला धनन्जय र प्रवीण जयविकरामाले ३-३ तथा दुस्मान्था चमीराले २, चमिका करुणारत्‍ने र कप्तान दशुन शनकाले १-१ विकेट हात पारे ।

यज जीतसँगै श्रीलंका घरेलु मैदानमै क्लिनस्वीप व्यहोर्नबाट जोगिएको छ । यसअघिका दुई खेल जितेको भारतले २-१ ले श्रृंखला आफ्नो नाममा गरिसकेको छ ।

यी दुई टोलीबीच अब तीन खेलको टी-२० श्रृंखला सुरु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय