scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘द हन्ड्रेड’ क्रिकेट: क्रलीको अर्धशतकका बाबजुद लन्डनमाथि बर्मिङ्हमको जीत

काठमाडौं, ९ साउन । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेटअन्तर्गत गएराति भएको खेलमा बर्मिङ्हम फोनिक्स विजयी भएको छ । बर्मिङ्हमले लन्डन स्पिरिटलाई ३ विकेटले हराएको हो ।

लन्डनले दिएको १४५ रनको लक्ष्य बर्मिङ्हमले ३ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । कप्तान मोईन अलीले सर्वाधिक ४० रन बनाए भने क्रिस बेन्जामिन २४ रनमा नटआउट रहे ।

लन्डनका मोहम्मद आमिर र ब्लेक कुलेनले २-२ विकेट लिँदा क्रिस वूड, मोहम्मद नाबी र रोलफ भान डेर मर्वेले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लन्डनले निर्धारित १०० बलमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो। ओपनर ज्याक क्रलीले ६४ रन बनाए भने जो डेन्लीले २५ रन बनाए । बर्मिङ्हमका एडम मिल्ने, टम हेल्म र बेनी हवेलले १-१ विकेट लिए ।

‘म्यान अफ दि म्याच’ भने पराजित टोलीका ज्याक क्रली घोषित भए । जीतसँगै २ अंक जोडेको बर्मिङ्हम अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय