scheduleशुक्रवार आश्विन १ गते, २०७८

टोकियो ओलम्पिक: जुडोकी भट्टलाई पहिलो गाँसमै ढुङ्गा, फेरि खेल्न पाउने सम्भावना जीवितै

काठमाडौं, ९ साउन । नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकअन्तर्गत आफ्नो पहिलो खेलमै पराजित भएकी छन् । शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनासँग सोनिया इप्पोनको आधारमा पराजित भएकी हुन् । सोनिया १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा टिकेकी थिइन् । यदि इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रिपेगमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

१९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्‍ने पहिलो नेपाली खेलाडी हुन् ।

डोपिङ कारण रुस प्रतिबन्धमा रहेकोले इरिनाले ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय