scheduleसोमवार आश्विन ४ गते, २०७८

शनिबार मनसुनको सामान्य प्रभाव मात्रै, केही स्थानमा हल्कादेखि भारी वर्षा हुने

काठमाडौं, ८ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा बागमती प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको हुनाले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय