scheduleशुक्रवार आश्विन १ गते, २०७८

पूरन र होल्डरको अर्धशतकमा वेस्टइन्डिजले अस्ट्रेलियालाई हरायो

काठमाडौं, १० साउन । अस्ट्रेलियासँगको एकदिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्टइन्डिजले जीत निकालेको छ । आइतबार विहान सम्पन्‍न खेलमा वेस्टइन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हरायो ।

अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य वेस्टइन्डिजले ३८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । निकोलस पूरन ५९ रनमा अविजित रहँदा जेसन होल्डरले ५२ रन बनाए । कुनै समय ७२-५ रहेको वेस्टइन्डिजको इनिङ्स यी दुई मिलेर उकासेका थिए ।

शाइ होपले ३८ रन बनाउँदा जेसन मोहम्मदले ११ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ३, एडम जाम्पाले २ तथा एस्टन टर्नरले १ विकेट हात पारे ।

त्यसअघि बार्बडोसमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४७.१ ओभरमा १८७ रनमा अलआउट भयो । अस्ट्रेलियाले ४५ रनमा ६ विकेट गुमाइसकेको अवस्थाबाट तल्लोक्रमका खेलाडीहरुले रन बनाउँदा सम्मानजनक स्कोरमा पुगेको थियो ।

१०औं नम्बरमा ब्याटिङ गर्न आएका वेस एगरले ४१ रन बनाए । त्यसैगरी एडम जाम्पा र म्याथिउ वेडले समान ३६ रन बनाए । मिचेल स्टार्कले १९ रनको योगदान दिए । वेस्टइन्डिजका अकिल हुसेन र अल्जारी जोसेपले ३-३ विकेट लिँदा शेल्डन कट्रेलले २ तथा जेसन होल्डर र हेडन वाल्शले १-१ विकेट लिए ।

योसँगै तीन खेलको श्रृंखला १ १ को बराबरीमा आएको छ । अन्तिम तथा निर्णायक खेल मङ्गलबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय