scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

तस्वीर: एन्फा

काठमाडौं, १० साउन । नेपाली राष्‍ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । आइतबार मधयान्ह उनले सामाजिक सञ्‍जालमार्फत राजीनामा दिन लागेको जानकारी गराएका हुन् ।

साफ च्याम्पियन्सिपको तयारीमा रहेको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका बेला उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको नाम मेन्सन गरेर फेसबुकमा स्टाटस राख्दै राजीनामा दिन लागेको बताए ।

नेम्वाङले पछिल्ला दिनहरुमा उनीप्रति गरिरहेको व्यवहारप्रति असन्तुष्‍टि जनाउँदै राजीनामा दिन लागेको अलमुताइरीको भनाइ थियो । उनी गत चैतमा कतार फुटबल संघको सहयोगमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

उनको नेतृत्वमा नेपालले खेलेका खेलहरुमा विगतभन्दा धेरै सुधारिएको प्रदर्शन देखिएको थियो । त्यसैकारण उनी नेपाली खेलप्रेमीमाझ लोकप्रिय बन्दै गएका थिए ।

नेपाली टोलीसँग उनको सम्झौता अवधि भने बाँकी नै रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय