scheduleशुक्रवार आश्विन १ गते, २०७८

धादिङको गजुरीबाट हराएकी सम्झनाको १० दिनपछि शव भेटियो

काठमाडौं, १० साउन । धादिङको गजुरीबाट हराएकी २० वर्षीया युवती सम्झना रोक्काको शव १० दिनपछि भेटिएको छ ।

गजुरी गाउँपालिका-८ किरान्चोक निवासी रोक्काको शव आइतबार विहान भेटिएको हो ।

साउन १ गतेदेखि सम्पर्कविहिन भएकी रोक्काको शव उनकै घरमाथिको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ ।

बटुवाहरुले गन्ध थाहा पाएपछि हेर्दा मृत शरीर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय