scheduleशुक्रवार आश्विन १ गते, २०७८

उपत्यकामा साउन २० सम्म थपियो निषेधाज्ञा

काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुन: थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडाैं जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ ।

यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने प्रशासन कार्यालयद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय