scheduleशुक्रवार आश्विन १ गते, २०७८

आइपिएलका बाँकी खेलहरुको तालिका सार्वजनिक

काठमाडौं, १० साउन । कोरोना संक्रमणका कारण बीचैमा रद्द गरिएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२१ को बाँकी रहेका खेलहरुको खेलतालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले आज प्रतियोगिता सुचारु हुने मिति सार्वजनिक गरेको हो ।

बाँकी रहेका खेलहरु सेप्टेम्बर १९ देखि युएईमा हुने भएका छन् । उक्त दिनमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्‍नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका कुल ६० खेलमध्ये २९ खेल सम्पन्‍न भइसकेका छन् भने बाँकी ३१ खेलमध्ये १३ खेल दुबईमा हुँदा १० खेल शारजाह र ८ खेल अबुधाबीमा हुनेछन् ।

आइपिएलको अंकतालिकामा हाल दिल्ली क्यापिटल्स १२ अंकसहित शीर्षस्थानमा रहेको छ भने चेन्‍नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर समान १०-१० अंकसहित दोस्रो र तेस्रोमा छन् । मुम्बई इन्डियन्स ८ अंकसहित चौथोमा छ ।

राजस्थान रोयल्स र पञ्‍जाब किङ्स ६-६ अंकसहित पाँचौं र छैंटौंमा रहँदा कोलकाता ४ अंकसहित सातौं र हैदराबाद २ अंकसहित आठौंमा छ ।

फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

खेल तालिका:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय