scheduleसोमवार आश्विन ४ गते, २०७८

आजबाट मनसुन सक्रिय, केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आजबाट बिस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने जनाइएको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आजबाट मनसुन सक्रिय हुने भएकाले केही दिनसम्म देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय