scheduleशुक्रवार आश्विन १ गते, २०७८

भुवनेश्‍वरको उत्कृष्‍ट बलिङमा पहिलो टी-२० मा भारतले श्रीलंकालाई हरायो

काठमाडौं, ११ साउन । सोमबारदेखि सुरु भएको श्रीलंकाविरुद्धको टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले हराएको हो ।

भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंका १८.३ ओभरमा १२६ रनमा समेटियो । उसका लागि चरिथ असलन्काले ४४ र अभिस्का फर्नान्डोले २६ रन बनाए । अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

श्रीलंकालाई सस्तैमा रोक्‍न भारतका भुवनेश्‍वर कुमारले ४ विकेट लिँदा दीपक चहरले २ विकेट हात पारे । त्यसैगरी क्रुणाल पान्ड्या, वरुण चक्रवर्ती, हार्दिक पान्ड्या र युजुभेन्द्र चहलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । सुर्यकुमार यादवले ५० रन बनाए भने कप्तान शिखर धवनले ४६ रन बनाए ।

सन्जु सामसनले २७ रन बनाउँदा इशान किशन २० रनमा अविजित रहे । श्रीलंकाका दुस्मान्था चमीरा र वनिन्दु हसरङ्गाले २-२ तथा चमिका करुणारत्‍नेले १ विकेट लिए ।

जीतसँगै भारतले तीन खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय