scheduleशुक्रवार आश्विन १ गते, २०७८

विद्युत प्राधिकरणको नाफा आधा घट्‍यो

काठमाडौं, ११ साउन । गएको आर्थिक वर्ष २०७७/७८ मा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । त्यसअघिको वर्षमा ११ अर्ब ६ करोड नाफा कमाएको प्राधिकरणको गत आर्थिक वर्षको नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार चुहावट बढ्दा नाफामा असर परेको हो । सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण पनि नाफा खुम्चिएको शाक्यको भनाइ थियो । आन्तरिक उत्पादन घटेका कारण भारतबाट हुने विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खुम्चिएको शाक्यको स्पष्टीकरण थियो ।

प्राधिकरणले गत आवर्थि वर्षसम्म ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको थियो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्राधिरकण सञ्चित मुनाफामा आइसकेको छ ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछिका आवहरुमा निरन्तर बढ्दो नाफामा थियो । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो ।

प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएकोमा गत वर्षबाट प्राधिकरणको नाफा ओरालोतर्फ देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय