scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘द हन्ड्रेड’ क्रिकेटमा म्यान्चेस्टरको पहिलो जीत

काठमाडौं, ११ साउन । इंग्ल्यान्डमा जारी द हन्ड्रेड क्रिकेट प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर ओरिजिनल्स विजयी भएको छ । पहिलो जीत निकाल्ने क्रममा म्यान्चेस्टरले बर्मिङहम फोनिक्सलाई ६ विकेटले हराएको हो ।

बर्मिङहमले दिएको ८८ रनको लक्ष्य म्यान्चेस्टरले ७३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान जस बट्लरले ३० तथा फिलिप साल्टले २२ रन बनाए । टम लामोन्बी १६ रनमा अविजित रहे । बर्मिङ्हमका इमरान ताहिर, मोइन अली, लियाम लिभिङस्टोन र बेनी हवेलले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बर्मिङ्हम ८४ बलमा ८७ रनमा अलआउट भयो । कप्तान मोइन अलीले सर्वाधिक १५ रन बनाए । माइल्स हामन्डले १३ तथा लियाम लिभिङस्टोन र ड्रमन्डले समान १२ रन बनाए ।

म्यान्चेस्टरका म्याथिउ पार्किन्सनले ४ विकेट लिए । उनले १९ बलमा केवल ९ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । त्यसैगरी केल्भिन हारिसन र कार्लोस ब्राथवेटले २-२ तथा फ्रेड क्लासेन र स्टेभन फिनले १-१ विकेट लिए ।

जीतसँगै २ खेलबाट २ अंक जोडेको म्यान्चेस्टर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बर्मिङहमको समान २ अंक भएपनि नेटरनरेटका आधारमा चौथो स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय