scheduleशुक्रवार आश्विन १ गते, २०७८

नेपाललाई ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य : महासेठ

फाइल फोटो

काठमाडाैं, ११ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले पार्टीमा बराबरको दुई अध्यक्ष हुन नसक्ने बताएका हुन् ।

अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको उनले बताए । नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भईछाड्ने पनि दाबी गरे ।

उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरुको रिजर्भेशन रहेको भएपनि आत्मासात् गरिएको बताए ।

नेता महासेठले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको दुई हप्ता बितिसक्दापनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय