scheduleशुक्रवार आश्विन १ गते, २०७८

नेपाल समूह बैठक : आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय

काठमाडाैं, ११ साउन । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको सो पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

उनले मुल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए । पन्तले आफुहरुको गतिविधी र कामकारवाहीहरुले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाई छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय