scheduleशुक्रवार आश्विन १ गते, २०७८

वेस्टइन्डिजविरुद्धको एकदिवसीय श्रृंखला अस्ट्रेलियाले जित्यो

काठमाडौं, १२ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले एकदिवसीय श्रृंखला आफ्नो नाममा गरेको छ । मङ्गलबार विहान सम्पन्‍न खेलमा ६ विकेटको जीत निकाल्दै अस्ट्रेलियाले श्रृंखला जितेको हो ।

वेस्टइन्डिजले दिएको १५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि म्याथिउ वेडले अविजित ५१ रन बनाए । त्यसैगरी कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्शले २९ रन बनाए । वेस्टइन्डिजका शेल्डन कट्रेल, अकेल हुसेन, अल्जारी जोसेप र हेडन वाल्शले १-१ विकेट हात पारे ।

त्यसअघि बार्बडोसमा टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिजले ४५.१ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो । एभिन लेविस ५५ रनमा अविजित रहेपनि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन सकेनन् ।

डारेन ब्राभोले १८, अल्जारी जोसेपले १५ र शाइ होपले १४ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हेजलवूड, एस्टन एगर र एडम जाम्पाले २-२ विकेट लिँदा एस्टन टर्नरले १ विकेट हात पारे ।

यस जीतसँगै अस्ट्रेलियाले ३ खेलको श्रृंखला २-१ ले जित्‍न सफल भयो । पहिलो खेलमा अस्ट्रेलियाले जीत निकाल्दा दोस्रो खेलमा वेस्टइन्डिज विजयी भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय