scheduleशुक्रवार आश्विन १ गते, २०७८

मिजोरम र आसामको सीमामा भएको दङ्गामा ६ प्रहरीको ज्यान गयो

एजेन्सी, १२ साउन । भारतको आसाम र मिजोरम राज्यको सीमामा भएको दङ्गामा ६ प्रहरीको मृत्यु भएको छ । सुरक्षा फौज र नागरिकबीच भएको उक्त झडपमा मृत्यु हुनेमा आसामका प्रहरी रहेका छन् ।

उक्त झडपमा फायरिङ समेत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ६ प्रहरी जवानको मृत्यु भएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई त्यहाँ शान्ति स्थापना भएको कुरा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

मिजोरम राज्यको दुई छिमेकी राज्य आसाम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ । गत वर्ष पनि यो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको थियो । त्यसबेला भने केन्द्र सरकारले हस्तक्षेप गरेको थियो ।

आसाममा हिमत विश्‍व शर्मा मुख्यमन्त्री बनेपछि परिस्थिति फेरि बदलिएको छ । पछिल्ला दिनमा तनाव बढ्दै गएको छ । दुई राज्य बीचको सीमा विवाद अझै टुंगिन सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय