scheduleशुक्रवार आश्विन १ गते, २०७८

२२ सवारीसाधन एकैपटक दुर्घटना हुँदा आठको ज्यान गयो

एजेन्सी, १२ साउन । संयुक्त राज्य अमेरिकाको युटा राज्यमा भएको भयानक दुर्घटनामा आठजनाको ज्यान गएको छ । धुलो र बालुवा मिसिएर आएको आँधीका कारण भिजिबिलिटिमा असर गर्दा २२ वटा सवारीसाधन एकैपटक दुर्घटनामा परेका हुन् ।

आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका थिए । सुरूमा एउटा गाडी रोकिएपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन् ।

मृत्यु हुनेमा बालबालिका पनि रहेको तथा मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै सवारीका रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् ।

उनीहरुलाई एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय