scheduleशुक्रवार आश्विन १ गते, २०७८

पार्टी कार्यालयमा धर्ना जारी रहँदा देउवाको निजी निवासमा काँग्रेस पदाधिकारी बैठक बस्दै

-फाइल तस्वीर

काठमाडौं, १२ साउन । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा विहान ९ बजे बैठक बस्‍न लागेको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको हो । आजको बैठक १४औं महाधिवेशनकै विषयमा केन्द्रित रहने जनाइएको छ ।

काँग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन भने साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ । अब वडा अधिवेशन कहिले गर्ने भन्‍नेबारे पनि आज छलफल हुने छ ।

क्रियाशील सदस्यता विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय