scheduleशुक्रवार आश्विन १ गते, २०७८

श्रीलंका र भारतबीचको दोस्रो टी-२० खेल आज, भारत श्रृंखला जित्‍ने दाउमा

काठमाडौं, १२ साउन । सोमबारदेखि सुरु भएको श्रीलंका र भारतबीचको टी-२० क्रिकेट श्रृंखलाअन्तर्गतको दोस्रो खेल आज हुँदै छ । कोलोम्बोमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो । उक्त जीतसँगै भारत तीन खेलको श्रृंखलामा १-० ले अगाडि रहेको छ ।

आज जीत निकाल्दै भारत एक खर्ल अगावै श्रृंखला कब्जा गर्न चाहन्छ । श्रीलंका पनि श्रृंखला बराबरीमा ल्याएर अन्तिम खेललाई निर्णायक बनाउने उद्देश्यका साथ मैदानमा उत्रिनेछ ।

टी-२० क्रिकेटको विश्‍व वरियतामा भारत दोस्रो स्थानमा रहेको छ भने श्रीलंका आठौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय