scheduleशुक्रवार आश्विन १ गते, २०७८

सुनकाे मूल्य ताेलामा तीन सय रुपैयाँ घट्याे

काठमाडौँ, १२ साउन । मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला र ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय