scheduleबुधवार आश्विन ६ गते, २०७८

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट पनि सफाइ

फाइल फोटो

काठमाडाैं, १२ साउन । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

मंगलबार उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेपछि उनले सफाइ पाएका हुन् ।

सभामुख रहेका वेला संसद् सचिवालयकै कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोपमा उनी १९ असोज २०७६ मा पक्राउ परि पुर्पक्षका लागि पाँच महीना थुनामा परेका थिए ।

काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि उनी ५ फागुन, २०७६ मा रिहा भएका थिए। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्ष उच्च अदालत पुगेको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय