scheduleशुक्रवार आश्विन १ गते, २०७८

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, झन्डै ४ हजारमा संक्रमण पुष्टि

काठमाडाैं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना निको भएका छन् ।

नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मंगलबार थप २० जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ । नेपालमा १.५ प्रतिशत मृत्युदर रहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय