scheduleशुक्रवार आश्विन १ गते, २०७८

नेपालमा डेल्टा भेरिएन्टको नयाँ म्युटेन्ट भेटियो : स्वास्थ्य मन्त्रालय

 

काठमाडौं । नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ म्युटेन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुष्टि भएको जानकारी दिएको छ ।

पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको जनाएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको बताइएको छ ।

मन्त्रालयका अनुसार भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पुर्‍याउने देखिएको छ ।

भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न र सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय