scheduleशुक्रवार आश्विन १ गते, २०७८

पान्ड्यालाई कोरोना देखिएपछि श्रीलंका र भारतबीचको खेल स्थगित

काठमाडौं, १२ साउन । भारतीय क्रिकेट टोलीका एक खेलाडीमा कोरोना संक्रमण पुष्‍टि भएपछि आजका लागि तय भएको श्रीलंका र भारतबीचको दोस्रो टी-२० खेल रद्द भएको छ ।

बाँयाहाते अलराउन्डर क्रुणाल पान्ड्यालाई कोरोना देखिएपछि खेल स्थगित गरिएको हो । र्‍यापिड एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएका उनको सम्पर्कमा अन्य ८ सदस्य आएको बताइएको छ ।

अब सबै खेलाडी र सदस्यको पिसिआर टेस्ट गरिनेछ । उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको खण्डमा स्थगित खेल भोलि बुधबार हुने जनाइएको छ ।

तीन खेलको टी-२० क्रिकेट श्रृंखलामा भारत १-० ले अगाडि रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय