scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘द हन्ड्रेड’ क्रिकेट: नीशमको उत्कृष्ट बलिङमा वेल्श फायरको लगातार दोस्रो जीत

काठमाडौं, १३ साउन । इंग्ल्यान्डमा जारी द हन्ड्रेड क्रिकेट प्रतियोगितामा वेल्श फायरले लगातार दोस्रो जीत निकालेको छ । गएराति भएको खेलमा वेल्शले लगातार दोस्रो जीत निकाल्ने क्रममा साउथर्न ब्रेभलाई १८ रनले हराएको हो ।

वेल्शले दिएको १६६ रनको लक्ष्य पछ्याएको ब्रेभले पूरा १०० बल खेल्दै ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । कप्तान जेम्स भिन्सले ४० रन बनाउँदा जिम्मी नीशमको शिकार बनेका थिए भने २५ रन बनाएका रस ह्‍वाइटलीलाई पनि नीशमले बोल्ड गरे ।

डेभोन कन्व‍‍ेले २३ तथा क्‍विन्टन डिककले २१ रन बनाए । वेल्शका जिमी नीशमले १५ बलमा केवल ५ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी डेभिड पेनले २ विकेट लिँदा म्याथिउ क्रिचली र जेक बलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेल्शले निर्धारित १०० बलमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । कप्तान जोनी बेयरस्टोले ७२ तथा बेन डकेटले ५३ रन बनाए । टम बेन्टनले ३४ रन बनाए । ब्रेभका डानी ब्रिग्सले २ विकेट लिँदा क्रिस जोर्डन र जेक लिन्टटले १-१ विकेट लिए ।

योसँगै लगातार दोस्रो जीत निकालेको वेल्श फायर ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार व्यहोरेको ब्रेभ पुछारमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय