scheduleशुक्रवार आश्विन १ गते, २०७८

रोकिराखेको बसमा ट्रक ठोक्किँदा १८ को ज्यान गयो

एजेन्सी, १३ साउन । भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । घटनामा १९ जना घाइते भएका छन् ।

लखनउ–अयोध्या रोडस्थित सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार हरियाणाको पनवेल भन्ने स्थानबाट विहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए ।

राति करिब १२ बजेतिर पछाडिबाट ट्रकले बसलाई ठक्कर दिएपछि सुतिरहेका यात्रुहरुको ज्यान गएको हो । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अवरुद्ध भएको सडक प्रहरीले खुलाइसकेको छ ।

दुर्घटनाको थप जाँच भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय