scheduleशुक्रवार आश्विन १ गते, २०७८

बालुवाटारमा सत्तापक्षीय गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडाैं, १३ साउन । मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारमा केहिबेर अघि सुरु भएको बैठकमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका छन् ।

बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुङ्ग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने बताइएको छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन काँग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ । गठबन्धनले जसपा र एमाले माधव नेपाल पक्षलाई पर्खिनु पर्दा मन्त्री मण्डल बिस्तारमा ढिला भएको जनाएको छ ।

जसपा विवाद् टुङ्गिएकाले अब मन्त्रीपरिषद् बिस्तार हुने र मन्त्रीपरिषद् समावेशी बनाउन कोशिस गरिएको माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय