scheduleशुक्रवार आश्विन १ गते, २०७८

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

काठमाडाैं, १३ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

प्रतिस्पर्धा अन्तर्गत गौरिका हिट १ मा रहेकी छन् भने यस हिटमा ४ खेलाडी छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् । अर्का खेलाडी एलेक्जेन्डर शाहले भने मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एक सय मिटर फ्रिस्टाइल ५३ दशमलव ४१ सेकेन्डमा पुरा गरेर राष्ट्रिय कीर्तिमान कायम गरेपनि उनि ओलम्पिकमा भने हिट चरणबाट बाहिरीएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय