scheduleशुक्रवार आश्विन १ गते, २०७८

बूढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै

फाइल फोटो

काठमाडाैं, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे बस्दै छ । बैठक पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

यसअघि मंगलबारका लागि तय भएको बैठक स्थगित भएको थियो । मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन अध्ययन गरी आगामी रणनीति तयार पार्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय