scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘पूर्वमाओवादी’ सांसदद्वारा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, १३ साउन । माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त भएका भट्ट, रायमाझी, साह र चौधरीलेआफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको लागि अदालतमा निवेदन दिएका हुन् ।

उनिहरुले केपी शर्मा ओलीलाई समर्थन गरेपछि माओवादी केन्द्रले सांसद पदबाट हटाएको थियो । सो रिट निवेदनको बिहिबार पेसी तोकिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारि दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय