scheduleशुक्रवार आश्विन १ गते, २०७८

कांग्रेसको क्रियाशिल सदस्यता : छानविन समितिप्रति काठमाडौंबाटै विरोध सुरु

काठमाडाैं, १३ साउन । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिप्रति काठमाडौंबाटै विरोध सुरु भएको छ । मनोमानी रुपमा क्रियाशिल सदस्यता प्रदान गरेको र छानविन हुन नसकेको भन्दै काठमाडौंका केहि ईकाइ समितिले विरोध जनाएका हुन् ।

क्रियाशिल सदस्यता छानविनको विरोध गर्दै सभापतिहरुले बुधबार पार्टी पदाधिकारी बैठक बसेको स्थान बुढानिलकण्ठमा धर्ना दिएका थिए । उनीहरुले पार्टीभित्र लोकतन्त्र खै, व्यक्ति ठूलो कि विधान , काठमाडौं ७ को क्रियाशिल छानविनमा न्याय दे लगाएतका प्लेकार्ड बोकेका थिए ।

धर्नामा पुगेका कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले छानविन समितिबाट भएको त्रुटीलाई सच्चाउने प्रतिवद्धता जनाए । धर्नामा बसेकाहरुले मनोमानी रुपमा प्रदान गरिएको क्रियाशिल सदस्यता नसच्चिए पार्टी कार्यालयमा धर्ना दिने चेतावनि दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय