scheduleशुक्रवार आश्विन १ गते, २०७८

टेलिकमका कर्मचारी आन्दोलित

काठमाडाैं, १३ साउन । कर्मचारीको हक र हित बिपरित नयाँ नियमावली लागू गरेको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् ।

विभिन्न चरणको आन्दोलन गरेका उनीहरुले टेलिकमको कार्यालयमा धर्नामा उत्रेका हुन् । २०६१ को विनियमावली परिवर्तन गरेर नयाँ जारी गर्दा खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले कार्यालय हाताभित्रै विरोध जनाएका हुन् ।

आफ्ना मागबारे व्यवस्थापन पक्षले बेवास्ता गरेपछि आफूहरु धर्नालगायत अन्य विरोध कार्यक्रम सञ्चालन गर्न बाध्य भएको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरुले जानकारी दिए ।.

टेलिकमले साउन १ गतेबाट नयाँ नियमावली लागू गरेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय