scheduleशुक्रवार आश्विन १ गते, २०७८

दिल्लीमा एक दिनमा ६७ जना मात्रै सङ्क्रमित भेटिए

एजेन्सी, १३ साउन । भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो ।

नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको कोरोना परीक्षण गरिएकामा ०.०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो । दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार नयाँ दिल्लीमा कोरोनाभाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाभाइरसका कारण २५ हजार ४९ जनाको मृत्यु भएको छ ।

कूल सङ्क्रमितमध्ये १.७४ प्रतिशतको मृत्यु भएको देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय