scheduleशुक्रवार आश्विन १ गते, २०७८

दोस्रो टी-२० मा श्रीलंकाले भारतलाई हरायो, श्रृंखला निर्णायक मोडमा

काठमाडौं, १४ साउन । पाहुना टोली भारतसँगको टी-२० श्रृंखलाअन्तर्गत राति सम्पन्‍न दोस्रो खेलमा श्रीलंका विजयी भएको छ । श्रीलंकाले भारतलाई ४ विकेटले हराएको हो ।

भारतले दिएको १३३ रनको लक्ष्य श्रीलंकाले २ बलअगाडि ६ विकेटको क्षतिमा भेट्टायो । धनन्जय डासिल्भा ४० रनमा अविजित रहे भने मिनोद भानुकाले ३६ रन बनाए । भारतका कुलदीप यादवले २ विकेट लिँदा राहुल चहर, वरुण चक्रवर्ती, चेतन साकारिया र भुवनेश्‍वर कुमारले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । कप्तान शिखर धवनले ४० रन बनाएका थिए भने देवदत्त पडिक्कलले २९ र रुतुराज गायक्‍वाडले २१ रन बनाए ।

श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिँदा दुस्मान्था चमीरा, वनिन्दु हसरङ्गा र दशुन शनकाले १-१ विकेट लिए ।

योसँगै तीन खेलको टी-२० श्रृंखला १-१ को बराबरीमा आएको छ । तेस्रो तथा निर्णायक खेल आज नै हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय