scheduleशुक्रवार आश्विन १ गते, २०७८

वेस्टइन्डिज र पाकिस्तानबीचको पहिलो टी-२० खेल रद्द

काठमाडौं, १४ साउन । बुधबारदेखि सुरु भएको वेस्टइन्डिज र पाकिस्तानबीचको टी-२० श्रृंखलाअन्तर्गतको पहिलो खेल रद्द भएको छ । पटकपटक वर्षाले रोकिएको खेल अन्ततः रद्द नै भएको हो ।

खेल सुरु हुने बेलामा नै वर्षा भइरहेको थियो । वर्षा रोकिएपछि खेल ९ ओभरमा झारिएको थियो । निर्धारित ९ ओभरमा वेस्टइन्डिजले ५ विकेट गुमाएर ८५ रन बनायो । कप्तान कायरन पोलार्ड २२ रनमा अविजित रहँदा निकोलस पूरनले १३ रन बनाए ।

पाकिस्तानका हसन अलीले २ ओभरमा ११ रन दिएर २ विकेट लिए । त्यसैगरी मोहम्मद वासिम जुनियर, मोहम्मद हाफिज र उस्मान कादिरले १-१ विकेट लिए ।

त्यसपछि पुनः वर्षा हुन थालेपछि खेल सुचारु हुनै सकेन र खेल रद्द गरिएको हो ।

यी दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय