scheduleशुक्रवार आश्विन १ गते, २०७८

जसपाबाट मन्त्रीको नाम टुंग्याउने अधिकार तीन जनालाई

काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टी जसपा नेपालबाट सरकारमा मन्त्री पठाउन बारेमा निर्णय गर्ने जिम्मेवारी तीन नेतालाई दिइएको छ । बुधबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री एवम् पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्रीको नाम टुंग्याउने अधिकार दिइएको हो । जसपा सरकारमा सहभागी हुने यसअघि नै निर्णय भइसकेको छ ।

बैठकमा भएको छलफलमा समानुपातिक समावेशी, नयाँ अनुहारलाई ग्राहयता, विषयवस्तुका अनुभवी, पार्टी तथा आन्दोलनमा योगदान दिएका जस्ता विषयवस्तुका आधारमा मन्त्री चयन गर्नुपर्ने सुझाव सदस्यहरुले दिएको बताइएको छ ।

मन्त्री पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जनाएका छन् । आजको बैठकले पार्टीको नियमावली समेत पारित गरेको उनले बताए ।

बैठक आज ११ बजे पुनः बस्‍ने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय