scheduleशुक्रवार आश्विन १ गते, २०७८

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघ्यो

काठमाडाैं, १४ साउन । विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२ लाख २ हजार ५ सय ६५ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन । बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५ सय ७८ जनामा सङ्क्रमण भएको छ । यस्तै थप ४ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय