scheduleशुक्रवार आश्विन १ गते, २०७८

छिमेकमा कोरोना : यस्तो छ पछिल्लो २४ घण्टामा संक्रमणको अवस्था

काठमाडाैं, १४ साउन । भारतमा थप ४३ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २ सय ११ जनामा सङ्क्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या ३ करोड १५ लाख २६ हजार ६ सय २२ पुगेको छ । हालसम्म भारतमा ४ लाख ९ हजार ८ सय ५ जना संक्रिय सङ्क्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ६ सय ४१ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ४ लाख २२ हजार ६ सय ९५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय